ब्राउन सुगरसहित चार जना पक्राउ


बेलवारी, १३ फागुन । इलाका प्रहरी कार्यालय बेलवारीले लागुऔषध ब्राउन सुगर ४ ग्राम ६६० मिलिग्राम सहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय नर बहादुर दर्जी , २५ वर्षीय आशिष ढकाल , केराबारी डागी बस्ने २० वर्षीय आशिष मगर र २३ वर्षीय रुपेश तामाङ रहेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताएका छन् ।

मङगलबार पत्रकार सम्मेलन गर्दे इलाका प्रहरी कार्यालय बेलवारीले गत्त ८ गते सुन्दरहरैचा–५ हेदम्बा टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरी बस्ने नर बहादुरको कोठा खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनीहरूलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://youtu.be/W6hNDX3uJ9c

प्रतिक्रिया दिनुहोस्