आत्महत्या गर्न दूरुत्साहान गरेको आरोपमा ऋषिराम र सन्जिता पक्राउ


बेलवारी, १३ फागुन । इलाका प्रहरी कार्यालय बेलवारीले १९ वर्षीय प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न बाध्य बनाएका दुई जनालाई पक्राउ गरेको छ । ऋषिराम भट्टराई र सुन्दरहरैचा–६ बस्ने वर्ष १९ की सन्जिता निरौला पक्राउ परेका हुन ।

मङ्गलबार पत्रकार सम्मेलन गर्दै प्रीतिलाई आत्महत्या गर्न दूरुत्साहान गरेको आरोपमा ऋषिराम र सन्जिता पक्राउ गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जनाएका छन् ।
गत ८ गते सुन्दरहरैचा–५ गौसला स्थित भीम कुमारी ढकालको घरमा डेरामा बस्ने गुरुप्रसाद अधिकारीको श्रीमती प्रीतिले कोठामा सलको पासो लगाई झुन्डी आत्महत्या गरेका प्रहरी उपरीक्षक अधिकारीले बताए ।

दीपा नाम बताउने डाजिलीङ कुइन फेसबुक आई डी प्रयोग गर्ने ऋषिरामले प्रीतिको गोप्य फोटो पोस्ट गर्दिने भन्दै ब्ल्याक मेल गरी पटक पटक पैसा असुल्ने गरेको कारण आत्महत्या गरेको उपरीक्षक अधिकारीले बताएका छन् ।

उपरीक्षक अधिकारीका अनुसार भट्टराईले मागेको पैसा दिन नसके पछि प्रीतिले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको छ । ऋषिरामले प्रीतिलाई धेरै पटक पैसा माग्ने गरेको र इटहरी गोर्खा डिपार्टमेन्ट अगाडी पैसा लिन सन्जितालाई पठाएको अनुशन्धाबाट खुले पछि सन्जिता पनि पक्राउ परेको उपरीक्षक अधिकारीले जनाएका छन् ।

घटना स्थलमा स्वसाइट नोट र मृतकको मोबाइल फेला परेको प्रहरीले बताएका छन् । स्वसाइट नोटमा ऋषिराम र डाजिलीङ कुइन फेसबुक आई डी प्रयोग गर्ने दीपा नाम गरेको केटीले फोटो पोस्ट गरिदिने भन्दै ब्ल्याक मेल गरी पटक पटक पैसा असुल्ने गरेको र उक्त मितिमा समेत पैसा मागेकोमा पैसा नभएको कारणले आत्महत्या गर्नु परेको उल्लेख भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ऋषिराम र सन्जितालाई म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

https://youtu.be/tINjJNKoeVg

प्रतिक्रिया दिनुहोस्