विपक्षी नेपाली काँग्रेस, समाजवादी र राजपा मुद्दाको आधारमा सहकार्य गर्ने


काठमाडौँ ,१२ फागुन । प्रमुख विपक्षी नेपाली काँग्रेसले संसद्मा विपक्षी समाजवादी र राष्ट्रिय जनता पार्टीले मुद्दाको आधारमा सहकार्य गर्ने सहमति गरेको छ ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागेको काँग्रेसले मङ्गलवार संसद्मा एक स्वरमा प्रस्तुत हुने प्रस्ताव राखेको छ ।

सिंहदरबारमा भएको छलफलमा तीन दलले मुद्दाका आधारमा सहकार्य गर्ने सहमति गरेका छन् । ‘अडियो प्रकरणलगायतका समसामयिक विषयमा भोलि सबैलाई बोल्न दिने र त्यसका आधारमा सभामुखले रुलिङ गर्ने अवस्था बन्यो भने संसद् चल्छ’ बैठकमा सहभागी काँग्रेस सांसद अत्तहर कमल मुसलमानले बताए ।

बास्कोटाले त्यही दिन राजीनामा दिइसकेका छन् भने यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि गरेको छ

प्रतिक्रिया दिनुहोस्