फेवातालमा एक युवा बेपत्ता


पोखरा ,१२ फागुन । पोखरा फेवातालमा सोमबार डुंगा पल्टिँदा काठमाडौँ १२ बस्ने २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका छन् ।

डुंगामा काठमाडौँ १२ कै रुपेश अधिकारी र सुविन चालिसेलाई उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिएका छन् । उनले भने चालकबिना आफैँ चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिएको बताएका छन् ।

चलाउँदा चलाउँदै पानी भरिएर पल्टिएको भन्ने कुरा आएको छ । बाँकी अनुसन्धान भइरहेको छ,’ उनले भने । फेवातालमा डुंगा चलाउँदाचलाउँदै लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले फेवातालमा हराइरहेका लुइँटेलको खोजी कार्य तीव्र रूपमा पोखरा महानगरपालिका ८ का एक स्थानीय बासिन्दा उद्धार गर्न गएका थिए । तर, उनी पनि तालमै भएपछि सशस्त्र प्रहरीले उनलाई समेत उद्धार गर्नु परेको थियो । हाल उनको पोखराकै मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्