बलात्कार आरोपमा पुर्वअसई राई पक्राउ


काठमाडौँ ,१२ फागुन । सहकर्मीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राई पक्राउ परेका छन् ।

९ महिनाअघि आफू बलात्कृत भएको भन्दै एक महिला प्रहरीले राजेनद्रविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले बताएका छन् ।

सहकर्मी बलात्कारको आरोप लागेपछि राईले यही फागुन १ गते राजीनामा दिएका थिए । राईलाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गराइ अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्