प्रहरी अधिकृत तथा जवानका लागि संयुक्त मेस


ललितपुर, १२ फागुन । ललितपुरमै पहिलो पटक सातदोबाटो प्रहरी वृत्तमा प्रहरी अधिकृत तथा जवानका लागि संयुक्त रूपमा खाना खाने साझा मेसको सुरु भएको छ ।

सातदोबाटोमा स्थापना भएको यो मेस नेपालको सातौँ मेस रहेको बताइएको छ ।उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मुलुकभित्र अघि बढेको समानता र पारदर्शिताको कुरालाई यसले निकै सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रहरीका सबै दर्जाबिच सम्मान व्यवहारको आवश्यकता रहँदा एउटै मेसको निकै जरुरी रहेको थियो ।

उक्त कार्यक्रममा मेसको राम्रो व्यवस्थापन गरेबापत प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्मा, प्रहरी नायव निरीक्षक जगतबहादुर रायमाझी, प्रहरी हवलदार नारायण किङ्रिन र प्रहरी जवान हिरालाल नेपालीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्