पोखरा, १२ फागुन । पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय देखाउन विपक्षीहरूले ‘गैरविषयलाई विषय बनाउँदै कहिले के कहिले के भनेर सरकारको आलोचनामा लागिरहेको बताएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेको ओलीले भने, विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको पनि आरोप लगाए । उनले विपक्षीलाई कुखुराको चल्लासँग तुलना समेत गरेका छन् ।