छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका बुबा कारागार चलान


डडेलधुरा, १२ फागुन । आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बुबालार्ई जिल्ला अदालत डडल्धुराले कारागार चलान गरेको छ । माघ २० गते छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका गन्यापधुराका एक जनालाई जिल्ला अदालत डडेल्धुराले पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

आफ्नै १६ वर्षीय छोरीलाई डरधाक देखाइ ६ महिनादेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

विगत ६ महिनादेखि जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो

प्रतिक्रिया दिनुहोस्