‘टिकटक’ बनाएका सई थापाविरुद्ध कारबाही


काठमाडौँ, १२ फागुन । सामाजिक सञ्जाल फेसबुकमा ‘टिकटक’ भिडियो बनाएपछि नेपाल प्रहरीका सई रत्नबहादुर थापा कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् ।

भक्तपुर सुडालमा कार्यरत सई थापा र एक महिलाले प्रहरी पोसाकमै पेस्तोल बोकेर ‘टिकटक’ बनाएका थिए । महानगरीय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलले आइतबार सई थापा विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ती महिला प्रहरी हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भई रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्