कम्युनिस्ट नेताहरू जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको : मुख्यमन्त्री गुरुङ


पोखरा, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै कम्युनिस्ट नेताहरू जनतामा जान छाडेको र नव सामन्तजस्तो भएका टिप्पणी गरेका छन्।

मुख्यमन्त्री गुरुङले भने, ‘हामी जनमानसमा पुग्दैनौँ । झुपडीमा पुग्दैनौँ ।जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रँदै गएको भन्दै उनले सम्बन्ध सुधारमा जोड दिए ।
‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने ।

पार्टी्भित्रैबाट आफैँलाई सिद्ध्याउने काम हुन थालेकाले प्रतिक्रियावादीलाई खेल्न सजिलो भएको मुख्यमन्त्री गुरुङले सुनाए । ‘हामी आत्मालोचना, आत्मनिन्दामा बसेका छैनौँ । आफैँ आफ्नै सरकारको विरुद्धमा छौँ । मुख्यमन्त्री गुरुङले भने, ‘हामी आफैँलाई सिद्ध्याउने बाटोमा लागिराख्या छौँ । त्यसैले प्रतिक्रियावादीले हाम्रो विरुद्ध खेलिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्