सरकारी कागजात किर्ते गर्ने चार जना पक्राउ


काठमाडौँ, १२ फागुन । नेपाल प्रहरीले विभिन्न सरकारी कार्यालयका कागजात किर्ते गर्ने चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाजुराका २८ वर्षीय रमेशबहादुर कटुवाल, २६ वर्षीय जनक कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल र ललितपुरका ४० वर्षीय शिरबाबु महर्जन रहेका छन् ।

उनीहरूलाई आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो पक्राउ परेका रमेश, प्रकाश र जनकले सरकारी कागजात ललितपुर महानगरपालिका–१९ लगनखेलमा रहेको शिरबाबुको एलपी छापाखानाबाट छाप्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले पक्राउ परेकासँग नक्कली छाप, कम्प्युटर, पेनड्राइभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प बरामद गरेको छ । पक्राउ परेकालाई सरकारी छाप कीत्र्ते मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्