किताबमा १० प्रतिशत कर लगाउने निर्णय विरुद्ध दमक चौकमा प्रदर्शन


दमक, ११ फागुन । दमकका युवा अगुवाहरूले किताबमा १० प्रतिशत कर लगाउने सरकारी निर्णय विरुद्ध दमक चौकमा आइतबारबाट प्रदर्शन सुरु गरेको छ ।

सरकारले १० प्रतिशत कर लगाउने सरकारी निर्णय फिर्ता लिन माग गर्दै आइतबार अपराह्न ३ बजेबाट ५ बजेसम्म पुस्तक पढेर र प्ले कार्ड बोकेर प्रदर्शन गरिएको अगुवा कमन देवानले जानकारी दिएका छन् ।

किताबमा १०५ कर लगाउने सरकारी निर्णय भएसँगै नेपाली पाठ्यक्रममै समावेश भएका कतिपय पुस्तकहरू अभाव हुन थालेको देवानले दाबी गरे । उनले भने ’आम नागरिकको चेतना वृद्धिमा पुस्तक अनिवार्य हुन्छ । लोकतन्त्रमा सरकार आफैले किताबमा कर लगाएर नागरिकको चेतना समाप्त पार्न खोज्नुलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।

नेपालको संविधान २०७२ ले नागरिकको मौलिक हक अन्तर्गत संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक सुनिश्चित गर्दै माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्