करेन्ट लाग्दा एक पैदल यात्रीको मृत्यु


सिन्धुपाल्चोक, ११ फागुन । सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएका छन् ।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युतको मुख्य प्रसारण लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जनाएका छन् ।

घाइते गुरुङको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्