‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक


काठमाडौँ, फागुन १० । ६९औँ जन्मदिनको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । जसलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको दुई सय ४० पृष्ठको उक्त किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन्। शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त किताब विमोचन कार्यक्रममा प्रधानमन्त्रीका बुवा पनि उपस्थित थिए।किताब सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले कृषिजन्य उत्पादन वृद्धिका लागि सरकारले काम गरिरहेको बताए। ‘केमिकलजन्य झोलले मान्छे र देशको अर्थतन्त्र नै बिगार्ने गरेको छ, त्यस्तो कामलाई अहिले हतोत्साहित गरिएको बताएका छन् ।

‘सूर्य, पृथ्वी र चन्द्रमा सन्तुलनमै घुमिरहेको छ,’ उनले भने, ‘दुनियाँ सन्तुलनका साथ चलिरहेको छ। दुई छिमेकीसँग सन्तुलन सम्बन्ध राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्