तीव्र गतिको कार रूखमा ठोक्किँदा एक जनाको मृत्यु


चितवन ,१० फागुन । भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको तीव्र गतिको कार रूखमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

शुक्रवार राति ९ बजे चितवनको भरतपुरमा बा १८ च ५७०९ नम्बरको कार अनियन्त्रित हुर्दा एक जनाको साथै दुई जना गम्भीर घाइते भएका छन् । कार सडक छेउमा रहेको बकैनाको रूखमा ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयले बताएका छन् ।

कारमा रहेका तीन जनामध्ये गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको उपचारका क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा कुमालको मृत्यु भएको थियो । यस्तै नवलपरासी बुलिङटार गाउँपालिका–१ का २१ वर्षीय कार चालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्