प्रधानाध्यापकसहित आठ जना जुवाडे पक्राउ


झापा, ९ फागुन । झापाको गौरादह नगरपालिकाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित आठ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयवासीले दिएको जानकारीका आधारमा उनीहरूलाई बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जुवा खालबाट प्रहरीले रु ९१ हजार ३८० र सात मोबाइल बरामद गरेको छ । गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्