महाशिवरात्रि पर्व मनाइँदै


काठमाडौँ ,९ फागुन । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएकाले हिन्दु धर्मावलम्बीहरूले आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदै छ ।

यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । शुक्रवार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिवार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रवार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ निषेध गरेको कोषले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्