तीर्थयात्री चढेको मिनिबस दुर्घटना ६ जना नेपालीको मृत्यु


काठमाडौँ ,८ फागुन । तीर्थयात्राका लागि भारत गएका तीर्थयात्री चढेको मिनिबस ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार  बिहान मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दुले जनाएको छ ।

प्रहरीले २ जना महिलासहित ६ जनाको मृत्यु भएको जनाएको छ । जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । सलेमका प्रहरी उपरीक्षक एस दीपा गनिगरसहित प्रहरी अधिकारी घटनास्थल पुगेका छन् । प्रहरीले दुवै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

घटनामा १८ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरू विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए । मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको हो ।

प्रतिक्रिया दिनुहोस्