लिखित प्रतिबद्धता जनाएपछि संयोजक थारुले आमरण अनसन तोडे


काठमाडौँ, ८ फागुन । थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राख्दै थरुहट थारुवान् राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आमरण अनसन तोडेका छन् ।

थरुहट आन्दोलनका संयोजक थारुले १ फागुनबाट धनगढीमा आमरण अनसन थालेका थिए ।स्थानीय राजनीतिक दलहरूले माग सम्बोधनका लागि लिखित प्रतिबद्धता जनाएपछि थारु आठौँ दिन अनसन तोड्न सहमत भएका हुन् ।

लगतै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस पिलाएर अनसन तोडाएका छन् ।

प्रतिक्रिया दिनुहोस्