बेलबारी, ८ फागुन / मोरङको बेलबारीमा जारी राष्ट्रपति रनिङ शिल्डको उपाधि लक्ष्मी माध्यमिक विद्यालयले हात पारेको छ । तिन देखी लक्ष्मी माविको खेल मैदानमा भएको प्रतियोगितामा ७ पदक जित्दै उपाधि चुमेको हो ।
यस्तै जनता नमुना माध्यमिक विद्यालयले ५ पदक जित्दै दितिय स्थान हासिल गरेको छ । ४ पदक जित्दै इस्टन भ्यु तितृय भएको छ ।
विजेताहरूलाई ट्रफि मेडल प्रमाण पत्र वितरण गरिएको छ । विजेता तथा उप विजेताहरूलाई नगरपालिकाका प्रवक्ता योगेन्द्र सुबेदी शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइराला लगायतले पुरस्कार वितरण गरेका थिए ।
छात्र तथा छात्रा भलिबल, एथलेटिक्स, छात्र/छात्रा दुवै तर्फबाट सय मिटरको दौड, दुई सय मिटरको दौड, चार सय मिटरको दौड, ८ सय मिटरको दौड, १५ सय मिटरको दौड, ३ हजार मिटरको दौड कपरडि लगायतका खेल सञ्चालन भएका थिए ।