राष्ट्रियसभा बैठकमा काँग्रेसले अवरुद्ध


काठमाडौँ ,८ फागुन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै अवरुद्ध गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।

राष्ट्रियसभाको बिहीबारको बैठक सुरु हुनासाथ नेपाली काँग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानबिन गर्नुपर्ने माग गरे । साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने उनको माग छ ।

लगतै काँग्रेस सांसदहरू आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । अर्को बैठक १५ फागुनमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्