पूर्वमन्त्री बडू आरोप : वर्तमान सरकार सबै नेपालीको हुन सकेन


अछाम, ७ फागुन । वर्तमान सरकार सबै नेपालीको हुन नसकेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आरोप लगाएका छन् ।

प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेको जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।

नेता बडूले भ्रष्टाचारीलाई कारबाही गर्नमा काँग्रेसको विरोध नभएको तर कानुनको प्रयोग विभेदपूर्ण भएकामा काँग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्ट्याउँला तर, त्यहाँ पुर्‍याउने बाटो नै गलत भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्