इन्जिनियर सुरेशराज भट्ट घुस रकमसहित पक्राउ


बैतडी, ७ फागुन । बैतडीमा एक इन्जिनियर एक लाख घुससहित अख्तियारको टोलीले रङ्गेहात पक्राउ परेका छन् । सिँचाई डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुस रकमसहित पक्राउ परेका हुन् ।

सेवाग्राहीबाट घुस लिइरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले बताएका छन् ।

अख्तियारले भने एक लाख रङ्गेहात पक्राउ गरेको र थप एक लाख घुस लिएको खुल्न आएकाले उक्त रकम बरामद गर्न बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्