बम राखेर फिरौती मागेको आरोपमा पूर्व हवलदार पक्राउ


काठमाडौँ, ६ फागुन । घरमा बम राखेर फिरौती मागेको आरोपमा प्रहरीले एक सेनाका पूर्व हवलदारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली सेनाका अवकाश प्राप्त हवलदार राजकुमार सार्की रहेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँको टोलीले सोमबार गोदावरीका शुकराम मिजारको घरमा ग्रिनेड बम राखेर सार्कीले पैसा मागेको आरोपमा उनलाई पक्राउ गरेको हो तर, सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको प्राविधिक सहयोगमा चापागाउँ प्रहरीले आरोपितलाई पक्राउ गर्न सफल भएको एसएसपी सहकुलबहादुर थापाले बताएका छन् । थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्