प्रदेश ५ को स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन काँग्रेसको माग


बुटवल ,६ फागुन । नेपाली काँग्रेसले प्रदेश ५ को स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन माग गरेको छ ।

मङ्गलवार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद अष्टभुजा पाठकले प्रदेशको स्थायी राजधानी र नामकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

सांसद पाठकले बोल्दै प्रदेशसभाको पाँचौँ अधिवेशनसम्म आइपुग्दासमेत यो विषयलाई संसद्मा प्रवेश नगराई लम्ब्याउन खोजिएको भन्दै अब पनि ढिलासुस्ती गरिए काँग्रेसलाई स्वीकार्य नहुने उनले बताए ।

स्थायी राजधानी र नामकरणबारे सिफारिस पेस गर्न भन्दै प्रदेश सभाले १५ सदस्यीय विशेष समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्