विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न माग : सांसद विजयबहादुर यादव


बुटवल ,६ फागुन । प्रदेश ५ का समाजवादी पार्टीका सांसद विजयबहादुर यादवले विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न माग गरेका छन् ।

मङ्गलवार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सांसद विजयबहादुर यादवले केटीको विवाह गर्ने उमेर १८ वर्ष कायम गर्नुपर्ने माग गरेका हुन् । विद्यमान कानुनमा विवाह गर्ने उमेर २० वर्ष तोकिँदा विशेष गरी मधेसी र मुस्लिम समुदायमा यौनजन्य विकृति र अपराध बढेको उनको दाबी छ ।

राज्यले १६ वर्षमा नागरिकता दिने, १८ वर्ष पुगेकालाई मतदान गर्न दिने अनि विवाह गर्ने उमेर २० वर्ष तोक्नु अवैज्ञानिक र अव्यवहारिक भएको उनको तर्क छ ।

प्रहरी प्रशासनले तराईका जिल्लाहरूमा बालविवाहको आरोपमा मधेसी र मुस्लिम समुदायमाथि धरपकड र दुःख दिने काम गरेको भन्दै उनले कानुन संशोधन गरी विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्