आमरण अनशन बसेका लक्ष्मण थारु अस्पताल भर्ना


कैलाली ,६ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित रेसम चौधरीसहित ११ जना कैदीबन्दीहरुको रिहाइको आमरण अनशन बसेका लक्ष्मण थारु अस्पताल भर्ना भएका छन् ।

धनगढीमा आमरण अनशन बसेका थरुहट र थारुवान राष्ट्रिय मोर्चाका संयोजक थारु कैदीबन्दीहरुको रिहाइलगायतको माग राख्दै फागुन १ गतेदेखि अनशन बसेका थारुको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।रिँगटा लागेपछि अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन डाक्टर नीराजनदत्त शर्माले बताएका छन् ।

‘शुक्रवारको तुलनामा शनिवार उहाँको शरीरमा सुख्खापन देखिएको थियो । मुटुको धड्कनमा पनि अलिकति चढाव आएको थियो,’ डाक्टर पौडेलले भने, ‘हाम्रो टोलीले उहाँलाई अस्पताल भर्नाको लागि सल्लाह दिएको थियो । तर उहाँले मान्नु भएन ।’

समस्या जटिल भएपछि अस्पतालकै एम्बुलेन्समा उनलाई अस्पतालसम्म ल्याइएको डा. शर्माले बताए । सुरुदेखि नै डाक्टर शर्मा नेतृत्वको विशेषज्ञ टोलीले उनको स्वास्थ्य परीक्षण गर्दै आइरहेको थियो ।

अहिले पनि थारु स्वास्थ्य नरहेको र मुटु, र नसा सम्बन्धी रिर्पाेट आउन बाँकी छ । तर, उहाँलाई अहिले नै अस्पतालबाट पठाउन भने मिल्दैन,’ उनले भने । थारुको पिसाबमा पनि समस्या देखिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्