काँग्रेसका नेता गगन थापाको जग्गा प्रकरणमाथि व्यङ्ग्य


काठमाडौँ ,६ फागुन । प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका नेता गगन थापाले मङ्गलवार स्वस्थानी व्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि व्यङ्ग्य गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा व्यङ्ग्य गरेका छन् ।

सांसद थापाले के भने ?

कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि,

अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू ।

चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू ।

त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू ।

त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन् ।

इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्