निवर्तमान सभामुख महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलियो


काठमाडौँ ,६ फागुन । संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । १९ असोजमा पक्राउ परेका उनले सोमबार सफाइ पाएका महरा डिल्लीबजार कारागारबाट सोमबार उनी छुटेका थिए ।

काठमाडौँ जिल्ला अदालतले महराले जबरजस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी संसद् सचिवालयमा पठाएको थियो । जिल्ला अदालतको पत्र वाचन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएको मङ्गलवार संसद् बैठकलाई जानकारी गराएका छन् । योसँगै महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउने बाटो खुलेको हो ।

अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको र बलात्कार प्रयासको आरोप लागेसँगै रोकिएको सबै सेवा सुविधा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्