मोस्ट वान्टेड दावा लामाका सहयोगी पक्राउ


काठमाडौँ, ६ फागुन । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीले होटेल सांग्रिला अगाडिबाट नियन्त्रणमा लिएका छन् ।

काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आइरहेका तामाङ यसअघि असार १७ गते ठगी आरोपमा पक्राउ परेका थिए । मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा प्रहरीले तामाङलाई पक्राउ गरेको छ ।

त्यसअघि ०७५ असार २८ मा किसानको माला लुटेको आरोपमा उनी समातिएका थिए । प्रहरीका अनुसार, उनी ‘क’ वर्गका गुन्डा हुन् । गुण्डागर्दीको आडमा उनले लुटपाट, अवैध डलरलगायतको कारोबार गर्ने गरेको प्रहरी बताउँछ ।

प्रतिक्रिया दिनुहोस्