बागमती नदी किनारमा शव फेला


काठमाडौँ, ६ फागुन । काठमाडौँको बागमती नदी किनार बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा मङ्गलवार बिहान बेवारिसे शव फेला परेको छ ।

मधेसी मूलका जस्ता देखिने मानिसको शव प्रहरीले भेटिएको कालीमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले बताएका छन् ।‘अहिले हामी घटनास्थलमै छौँ, मुचुल्का बनाउँदै छौँ,’ डिएसपी कुँवरले भने अनुशासन भई रहेको छ , केही बेरपछि जानकारी गराउने छौँ ।’

शव भेटिएको खबर पाउना साथ घटनाको सत्यतथ्य बुझ्न त्यहाँ प्रहरी टोली परिचालन भएको छ । प्रहरीका अनुसार शव पुरुषको हो । पाइन्ट लगाएको अवस्थामा भेटिएको शव नदी किनार ढिस्कोमा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्