क्यान्सर पीडित रमालाई फ्रेण्डसिप बचत तथा ऋण सहकारीको आर्थिक सहयोग


बेलबारी, ६ फागुन / क्यान्सर पीडित रमा श्रेष्ठलाई फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलबारी ३ मोरङले रु.२५ हजार उपचारार्थ सहयोग प्रदान गरेको छ । मङगलबार श्रेष्ठ परिवारको निवास पुगेर नै संस्थाले रकम हस्तान्तरण गरेको हो ।

बेलबारी ३ मा हाल बसोबास गर्दै गरेकी ३३ वर्षीय क्यान्सरकी बिरामी रमाको एक छोरा एक छोरी छन् । श्रीमान कुमार श्रेष्ठ वैदेशिक रोजगारमा थिए तर श्रीमतीको उपचारको लागि अहिले बेलबारीमा नै बसिरहेका छन् । वैदेशिक रोजगारबाट फर्किए पछि आर्थिक आम्दानीको स्रोत नै बन्द भएको कुमार बताउँछन् ।

फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नवराज सुवेदीले रमालाई बचाउन अन्य संस्थाहरूलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।

https://youtu.be/eR1gkrtNP34

प्रतिक्रिया दिनुहोस्