कानुन न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङ्फेले शपथ लिइन्


काठमाडौँ ,५ फागुन । नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिइन् । नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् ।

हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी थिइन् । त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्