बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीमा फुँयाललाई शपथ खुवाउने तयारी


हेटौँडा , ५ फागुन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँललाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शपथ खुवाउने तयारी गरेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएपछि फुँयालको शपथ आजै (सोमबार) साँभा ५ बजेलागि तय गरिएको छ ।

यसअघि नै मन्त्री बन्ने चर्चामा रहेका फुयाँलको माघ २९ गते शपथ हुने भनिए पनि आन्तरिक समस्याका कारण रोकिएको थियो । मन्त्री फुँयालको शपथ ग्रहणका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले जनाएका छन् ।

मुख्यमन्त्रीले समाल्दै आएको मन्त्रालय फुँयालले सम्हाल्ने भएपछि सोमबार नै भौतिक पूर्वाधार मन्त्रालयमा १२ बजेसम्म बसेर बाँकी रहेका सबै काम मुख्यमन्त्री डोरमणि पौडेलले मिलाइसकेका छन् ।

फुँयालले सोमबार शपथ खाए पनि मङ्गलवार मात्रै पदभारग्रहण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्