जनकपुरधाममा ३५ वर्षीय महिलामाथि सामूहिक बलात्कार


जनकपुरधाम , ५ फागुन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका(४ विश्वकर्मा चोकमा सोमबार ३५ वर्षीय महिलामाथि सामूहिक बलात्कार भएको छ ।

महिलालाई आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका(७ का २५ वर्षीय नरेश महतो र भारत विहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्रप्रसाद सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले बताएका छन् ।

जनकपुर क्षेत्रकै ती महिलालाई दुवै जनाले आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गरेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्