काठमाडौँ, ५ फागुन । ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित थानीय शुकराम मिजारको दुई तले घरको पहिलो तलाको बरन्डामा ह्याण्ड ग्रिनेड बम भेटिएको छ ।
सोमबार बिहान सात बजेको समयमा मिजारको घरमा बम भेटिएको बारेमा स्थानीयले प्रहरीलाई जानकारी दिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले बताएका छन् ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो साढे १ बजे बम निष्क्रिय पारेको डिएसपी ओझाले बताए । मिजारको घरमा भेटिएको बम कसले किन राख्यो भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी ओझाले बताएका छन् ।