काठमाडौँ, ४ फागुन । बलात्कारसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले सोमबार पूर्व सभामुख कृष्णबहादुर महराको फैसला गर्ने सुनाउने भएको छ ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराविरुद्ध करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएकोले फैसला भोलि मात्र आउने सहप्रवक्ता विकाससिंह खत्रीले बताएका छन् ।
आइतबार अदालतमा महराको तर्फबाट अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मैनाली, मुरारी सापकोटा लगायतले महराको तर्फबाट बहस गरेका हुन् । माघ २६ गते अन्तिम सुनुवाइ भएको मुद्दा ‘हेर्दा हेर्दैमा’ राखेर आइतबार फेरि सुनुवाइ सुरु भएको हो । सरकारी वकिलको बहस यसअघि नै सकिएको थियो ।