छुरा हानेर फरार रहेका दुई जना पक्राउ


काठमाडौँ, ४ फागुन । काठमाडौँको वसुन्धरामा मारुती भ्यानका चालकमाथि छुरा हानेर फरार दुई जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा विप्लव कुँवर र रावल श्रेष्ठ शिल्पकार रहेका छन् । कुवर र शिल्पकारले गत माघ २४ गते बिहान बा २१ च ९६१८ का मारुती भ्यानका चालक खिलबहादुर रानामाथि वसुन्धरामा छुरा प्रहार गरेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । छुरा प्रहारबाट घाइते रानाको अवस्था गम्भीर छ ।

महानगरीय प्रहरी वृत्तका डिएसपी उमेश लम्सालका अनुसार पक्राउ परेका कुँवर र शिल्पकार विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्