अशोक गुरुङ –
विराटनगर ,३ फागुन । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले एमसिसिको विरुद्धमा नरहेको तर यसको जिम्मेवारी सरकारको हो भन्दै एमसिसिको प्रस्ताव पारित गर्न सांसदमा ल्याउने नसकिने बताएका छन् ।
समाजवादी पार्टी जिल्ला समन्वय समितिको आयोजनामा सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान उद्घाटन आज विराटनगर स्थित महेन्द्र होटेलको सभा हलमा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका अध्यक्ष यादवले दीप प्रज्जलवन गरी उद्घाटन गरेका थिए । उनले भने एमसिसि को विरुद्धमा नरहेको तर यसको जिम्मेवारी सरकारको रहेको भन्दै उनले पारित गर्ने प्रस्ताव सांसदमा ल्याउनु पर्ने त्यही प्रश्नहरू धेरै उठेकोले प्रश्नको जवाफ सरकारले दिँदै टेबल गर्ने बताएका छन् ।
कार्यक्रममा समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्की , समाजवादी किसान महांसघ अध्यक्ष सञ्जय सिंह , प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङ , प्रदेश सांसद जयराम यादव केन्द्रीय सदस्य , प्रदेश सदस्य लगायतको उपस्थिति रहेका छन् ।
समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका छन् ।