प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै


काठमाडौँ, ३ फागुन । प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे आज सम्बोधन गर्दै छन् ।

शनिवार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका थिए ।

यसअघि शुक्रवार नै प्रधानमन्त्री ओलीले सम्बोधन रहेपनि राष्ट्रियसभाका बहालवाला सांसदको निधन भएपछि आजका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्