प्रहरीले ५० लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद


काठमाडौँ ,२ फागुन । झापा र इलामको सीमा क्षेत्रबाट प्रहरीले ५० लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ ।

झापाले बिहीबार बिहान मेचिनगर–१२, धाइजनबाट मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानबाट अवैध कपडा जिल्ला प्रहरी कार्यालय बरामद गरेको हो । झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार अवैध रूपमा भन्सार छली लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको थियो ।

२७ वर्षीय सवारी चालक विकाशचन्द्र राजवंशीलाई पनि पक्राउ गरेको छ । स्रोतका अनुसार सामान बिक्रेता शिव स्टोर प्रा.लि. हो । यो व्यवसायी सञ्जीव घोषको नाममा दर्ता कम्पनी भएको प्रहरी अधिकृतहरू बताउँछन् ।

१४ लाख २८ हजार रुपैयाँ बराबरको बिल भए पनि सामान ५० लाख रुपैयाँको भएको पाइएको छ’, एसपी कोइरालाले भने, ‘गाडीसहित ६० लाख रुपैयाँ मूल्याङ्कन गरेका छौँ ।’

बरामद सामानमा नेट साडी, सुती साडी, ढाँका कपडा लगायत छन् । पक्राउ परेका चालक र गाडीलाई आवश्यक कारबाहीका लागि प्रहरीले क्षेत्रीय राजश्व कार्यालय, इटहरी बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्