मोरङको पथरी र लेटाङमा दुई पुरुषको शव फेला


विराटनगर ,२ फागुन । मोरङको पथरी र लेटाङमा दुई जना पुरुषको शव फेला परेको छ ।

मृत भेटिएका पथरी शनिश्चरे नगरपालिका – ४ स्थित सम्झना चोकमा रहेको बजारमा स्थानीय ५५ वर्षीय प्रबल गिरी बिहीबार मृत भेटिएका थिए । अत्यधिक मादक पदार्थ सेवनबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । शवको मंगलबारे अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ ।

त्यस्तै शुक्रवार लेटाङ १ धोबीघाटका ६४ वर्षीय बलबहादुर लामिछाने मगर मृत भेटिएका छन् । पाँचथरे खोलामा उनको शव भेटिएको हो ।
घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्