मादक पदार्थ सेवन गरी बुवाले गरे छोरीको हत्या


काठमाडौँ, २ फागुन । झापाको शिवसताक्षी नगरपालिका–९ मा बस्ने २६ वर्षीय रेखा ठटाल लिम्बूको बन्चरोको विडले हिर्काएर बाबुले झड्केली छोरीको हत्या गरेका छन् ।

बुवा ४६ वर्षीय भिमबहादुर ठटालले छोरी रेखा ठटाल लिम्बूको हत्या गरेका हुन् । स्थानीयका अनुसार २६ वर्षीय रेखालाई उनका बाबुले बन्चरोको विडले हिर्काउर्दा गम्भीर घाइते रेखाको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

ठटालले मादक पदार्थ सेवन गरी छोरीलाई कुटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्