काठमाडौँ, २ फागुन । सङ्घीय संसद् राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण आज (शुक्रवार) तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन गर्ने कार्यक्रम सरेको छ ।
सरकारको २ वर्ष पुगेको अवसरमा उनले यसबिच भए गरेका कामको बारेमा सांसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो । आजको बैठक स्थगित हुने भएपछि प्रधानमन्त्रीले अर्को बैठकमा मात्रै आफ्ना धारणा राख्ने भएका छन् । सङ्घीय संसद् राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनको सूचना काँग्रेसले संसद् सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएको छ । काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सांसद उपाध्यायको शुक्रवार बिहान निधन भएको जानकारी गराइएको बताइन् ।
बोलाएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने जानकारी सभामुख निकट स्रोतले जनाएको छ ।