ट्रक र स्कुटर ठोकिँदा एक जनाको मृत्यु


धादिङ, २ फागुन । बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदी पुल नजिकै भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेत रहेका छन् भने स्कुटरमा पछाडि सवार काभ्रेका सनिष थापा घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ।

काठमाडौँतर्फ जाँदै गरेको बीआर ०६ जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताएका छन् । दुर्घटना लगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्