काठमाडौँ ,२ फागुन । प्रतिपक्षी नेपाली काँग्रेसले आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ ।
क्यान्सरबाट पीडित राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको रुपन्देहीमा शुक्रवार बिहान निधन भएकाले आजको सदन स्थगित गर्न काँग्रेसले माग गरेको छ । शोकका कारण सदन स्थगित गर्न माग गर्दै काँग्रेस सचेतक पुष्पा भुसाल संसद् सचिवालयमा पुगेकी छन् ।