स्ववियु निर्वाचन निर्धारित समयमा नहुने


काठमाडौँ, १ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यही फागुन १४ गते तोकेपनि निर्धारित समयमा नहुने भएको छ ।विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित भएको हो ।

दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका कारणले विगत १० वर्षदेखि नियमित हुनसकेको छैन । निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन सार्नुको विकल्प नभएको त्रिविको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिएका छन् ।

फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यपालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्