“माओवादी आन्दोलनको अवतरण सही समयमा नगराइएको भए समाप्त हुने देखेपछि” : प्रचण्ड


काठमाडौँ ,१ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको बताएका छन् ।

उनले भने माओवादी आन्दोलनको अवतरण सही समयमा नगराइएको भए समाप्त हुने थियो ।’अहिले कतिपयले जनयुद्धको नक्कल गर्न खोजेको भन्दै उनीहरू सफल नहुने ठोकुवा गरेका छन् ।

माओवादी र एमाले जनयुद्धदेखि नै निकट रहेको स्मरण गर्दे सुखानीमा मारिएका किसान आन्दोलनका नेताहरू र माओवादी जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको सम्झनामा फागुन १४ गतेदेखि २१ गतेसम्म शहीद सप्ताह मनाउने गरेको बताउँदै उनले भने, ‘हामी उतिबेलै निकट थियौँ ।’

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल सहभागी थिएनन् । उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा (बादल)लगायतका नेताहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्