नेपाल राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा टमाटा नियुक्त


काठमाडौँ , १ फागुन । नेपाल राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त नहुँदासम्मका लागि टमाटालाई नै जिम्मेवारी दिने नेपाल क्रिकेट सङ्घ (क्यान)को तयारी रहेको छ ।
उमेश पटवालको बिदाइसँगै प्रशिक्षक जगत टमाटाले नेपाल राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

भारतीय प्रशिक्षक पटवालले त्रिकोणात्मक सिरिजपछि बिदा हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाइसकेका छन् ।
क्यानका एक पदाधिकारीकारअनुसार नयाँ प्रशिक्षकमा विदेशी नै ल्याउने सोच भए पनि थप छलफल भएको छैन । त्यसैले अन्तरिम रूपमा टमाटाले नै प्रशिक्षकको भूमिका निभाउनेछन् ।

नेपालले फागुन तेस्रो साता थाइल्यान्डमा एसीसी इस्टर्न रिजन टि२० क्रिकेट खेल्दै छ । त्यसैलाई मध्यनजर गर्दै क्यानले टमाटालाई जिम्मेवारी दिन लागेको हो ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाका पहिलो पुस्ताका खेलाडी समेत रहेका टमाटा नेपालले २०१८ मा पहिलो पटक ओडिआई मान्यता पाउँदा नेपालका प्रशिक्षक थिए पटवाल नेपालको प्रशिक्षक बनेपछि टमाटाले महिला टिम सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्