दुर्घटनामा परि नायिका महिमा सिलवालको मृत्यु


काठमाडौँ, १ फागुन । नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनीकी बहिनी शर्मिला सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

उनी सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा उनी र उनकी बहिनी शर्मिला सिलवालको मृत्यु भएको हो । महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका–१३, गीतानगर स्थायी ठेगाना भएका उनीहरू भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिजो साँझ पौने ६ बजे ठोक्किएको प्रहरीले बताएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्